०९ साउन २०८३, शनिबार

एमालेका विघटित कार्यदलका सदस्यहरू माधव नेपाललाई भेट्न कोटेश्वरमा

एमालेका विघटित कार्यदलका सदस्यहरू माधव नेपाललाई भेट्न कोटेश्वरमा

नेकपा एमालेको विवाद समाधानका लागि बनेको विघटित कार्यदलका सदस्यहरू माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । 

सुवास नेम्वाङ, विष्णु पौडेल, भीम रावल, शंकर पोखरेललगायतका नेताहरू अहिले नेपाल निवासमा छलफल गरिरहेका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाले आजकै संसद बैठकमा विश्वासको मत लिने भएपछि उनलाई विश्वासको मत नदिन नेता नेपाललाई कार्यदलका सदस्यहरूले आग्रह गरेको बुझिएको छ । 

माधव नेपालका कोर टिममा रहेका सांसदहरूले भने प्रधानमन्त्रीलाई विश्वासको मत दिएर पुनस्र्थापित संसदलाई पूरै कार्यकाल काम गर्न दिने वातावरण बनाउनु पर्ने पक्षमा छन् । तर, केही नेताहरू भने विश्वासको मत नदिएर पार्टी एकता जोगाउनुपर्ने पक्षमा छन् ।

नेता नेपाल पक्षका नेताहरू पनि विश्वासको मतको बारेमा आन्तरिक छलफलमा जुटेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्