१९ असार २०८३, शुक्रबार

कतारले कुनै पनि हालतमा विदेशनीति नत्याग्ने बतायो

कात्तिक २०, २०७४
कतारले कुनै पनि हालतमा विदेशनीति नत्याग्ने बतायो

काठमाडौं, २६ जेठ — कतारले आफ्नो विदेशनीति कुनै पनि हालतमा नत्याग्ने प्रतिबद्धता जाहेर गरेको छ । अतिवादीहरूसँग कतारको सम्पर्क रहेको भनी छिमेकी मुलुकहरूले आरोप लगाइरहँदा कतारको यो बयान आएको हो ।


विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीले अहिले चर्किएको संकटलाई समाधान गर्नका लागि कूटनीतिक बाटोको अपेक्षा गरेको र यसको सैन्य समाधान हुन नसक्ने बताएको रोयटर्सले रिपोर्ट ग–यो ।

मुसलमानी अतिवादीको समर्थन गरेको दाबीलाई कतारले अस्वीकार गरेको छ ।

यसैबेलामा कतारको अल जजीरा नेटवर्कले आफूमाथि साइबर आक्रमण भइरहेको जनाएको छ ।

‘अल जजीरा मिडिया नेटवर्कलाई वेबसाइट र सामाजिक सञ्जालहरूमा चौतर्फी आक्रमण भइरहेको छ,’ उसले ट्वीट ग–यो । अहिलेको विवादमा नेटवर्क पनि फसेको छ र अरू खाडी मुलुकले यसलाई मे महिनाको अन्त्यमा ब्लक गरेका थिए ।

साउदी अरबका विदेशमन्त्री ओमान पुगेर वार्ता गरिरहेका छन् तर यसका बारेमा अधिकारीहरूले केही खुलाएका छैनन् । ओमानले कतारविरुद्धको कारवाहीमा संलग्नता जनाएको छैन ।

साउदी अरब तथा अन्य राज्यले सोमवार कतारसँग कूटनीतिक तथा भ्रमण सम्बन्ध विच्छेद गरेका थिए ।

कुवेतका अमिरले यस विवादमा मध्यस्थता गर्ने प्रयास गरेका छन् ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्