२८ जेठ २०८३, बिहीबार

कतारलाई सबै सहयोग गर्न इरान तयार, दक्षिणी बन्दरगाह प्रयोग गर्न दियो

कात्तिक २०, २०७४
कतारलाई सबै सहयोग गर्न इरान तयार, दक्षिणी बन्दरगाह प्रयोग गर्न दियो

काठमाडौं, २६ जेठ — इरानले कतारलाई आयातनिर्यातका लागि आफ्नो दक्षिणी बन्दरगाहहरू प्रयोग गर्न दिने भएको छ । कतारका अरब छिमेकीहरूले उसलाई एक्ल्याएपछि इरानले उसलाई यो सहयोग गरेको हो ।


कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीले यसको घोषणा गरेका हुन् । इरानले दोहालाई आफ्ना तीनवटा बन्दगरगाह प्रयोग गर्न दिने भएको छ ।

यसबाट कतारले आफूलाई चाहिने सबै मालमत्ता आयात गर्न सक्नेछ ।

साउदी अरब, इजिप्ट, युएई र बहराइनले आफूमाथि लगाएको प्रतिबन्ध सामूहिक सजाय भएको भन्दै शेख मोहम्मदले चिन्ता व्यक्त गरे ।

‘हामीहरू सफल र प्रगतिशील भएकाले एक्ल्याइयौं । हामी शान्तिको वाहक हौं, आतंकवादको होइन,’ उनले पत्रकारहरूलाई बताए ।

कतारले लगभग सबै सामान आयात गर्छ तर शेख मोहम्मदका अनुसार नाकाबन्दी लगाउने मुलुकहरूबाट १६ प्रतिशत सामान मात्र कतार भित्रिने गरेको छ ।

इरानको एक मालवाहक विमानले कतारमा खानेकुरा आपूर्तिका लागि बिहीवार उडान भरेको त्यहाँका सञ्चारमाध्यमले बताएका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्