१४ असार २०८३, आइतबार

मन्त्री भुसाल र राजदूत क्वात्राबीच शिष्टाचार भेट

साउन ४, २०७८
मन्त्री भुसाल र राजदूत क्वात्राबीच शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित ऊर्जामन्त्रीको सचिवालयमा भएको भेटमा नेपाल–भारतबीचको आपसी सम्बन्ध र विकासका विविध विषयमा छलफल भएको मन्त्री भुसालको सचिवालयले जनाएको छ ।

सो अवसरमा ऊर्जामन्त्री भुसालले परापूर्वकालदेखि २ देशबीचका जनताबीच रहिआएको आपसी सम्बन्धलाई अझ सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिइन् । उनले नेपालको विकासमा भारत सरकारले पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा निरन्तर सहकार्य हुने विश्वास व्यक्त गरिन् ।

मन्त्री भुसालले नेपाललाई विद्युत् आवश्यक परेका समयमा आयात गर्न सक्ने र बढी भएका समयमा निर्यात गर्न सक्ने अवस्था शुरू भएको भन्दै आगामी दिनमा ऊर्जा र सिँचाइका क्षेत्रमा सहज सहकार्य हुने विश्वास व्यक्त गरिन् ।

उनले भारतसँग सामाजिक र सांस्कृतिक क्षेत्रमा सहकार्य हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा ती क्षेत्रमा पनि सहकार्य हुने बताइन् ।

सो अवसरमा राजदूत क्वात्रले मन्त्रीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा सबै क्षेत्रमा सहकार्य हुने बताए । उनले ऊर्जा विकासका क्षेत्रमा आफूहरू हमेशा सहकार्य गर्दै अगाडि बढ्ने उल्लेख गरे । उनले ऊर्जा र सिँचाइ मात्र नभई शिक्षा, स्वास्थ्यका क्षेत्रमा निरन्तर सहकार्य गर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्