३० जेठ २०८३, शनिबार

क्रेनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

साउन ४, २०७८
क्रेनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौंको नयाँ बजारमा क्रेनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

काठमाडौं महानगरपालिका–२६ मनाङगेट अगाडि सडकमा प्रदेश–३–०१–००३ क ४९९४ नम्बरको क्रेनले प्रदेश–२–०१९ प ९९५९ नम्बरमा सवार मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक टोखा नगरपालिका–४ बस्ने  २० वर्षीय पुजन नगर्चीको आइतवार राति मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते नगर्चीको उपचारका क्रममा पिपल्स अस्पताल नयाँबजारमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले दुर्घटनामा संलग्न क्रेनका चालकलाई नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्