१२ असार २०८३, शुक्रबार

मित्र राष्ट्रलाई धन्यवाद दिँदै खोप उपलब्ध गराउन मन्त्रिपरिषद्बाट आग्रह

साउन ४, २०७८
मित्र राष्ट्रलाई धन्यवाद दिँदै खोप उपलब्ध गराउन मन्त्रिपरिषद्बाट आग्रह

सरकारले कोरोना विरुद्धको खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराएका सबै मित्र राष्ट्रलाई धन्यवाद दिएको छ ।

कोरोना विरुद्धको लडाइँमा नेपाललाई विभिन्न मित्र राष्ट्रले स्वास्थ्य सामग्री र खोप उपलब्ध गराएका छन् । 

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले खोप उत्पादक देशलाई अनुदान वा खरिदमार्फत कोरोना विरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गरेको सरकारका प्रवक्ता रहेका मन्त्री कार्कीले जानकारी दिए ।

चीन सरकारले नेपाललाई २ चरणमा गरेर १८ लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको छ । थप परिमाण भने सरकारले खरिद गरेको छ ।

भारतबाट नेपाली सेनालाई गरी ११ लाख मात्रा खोप अनुदानमा प्राप्त भएको छ । 

अमेरिकाले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत १५ लाख ३४ हजार ८५० मात्रा खोप उपलब्ध गराएको छ । ती देशबाट प्राप्त खोप निरन्तर लगाइ राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्