१५ असार २०८३, सोमबार

प्रदेश १ - २४ घण्टामा ३६६ सङ्क्रमित थपिए

प्रदेश १ - २४ घण्टामा ३६६ सङ्क्रमित थपिए

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३६६ जना कोरोना सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार थपिएको सङ्क्रमितमध्ये सुनसरीका १३८, झापाका १२२, मोरङका ८१, धनकुटाका नौ, इलामका छ, उदयपुरका दुई,  सङ्खुवासभा, भोजपुर र उदयपुरका एक÷एक र प्रदेश  बाहिरका पाँच जना रहेका छन् ।

    योसँगै हालसम्म प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ७८ हजार ५५५ पुगेको छ । त्यस्तै निको हुनेको सङ्ख्या ७१ हजार ४२६ पुगेको छ । अझै पनि प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६६१ रहेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ४८६ जनाको पिसिआर परीक्षण गर्दा १६७ महिला र १९९ पुरुषमा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्