२४ असार २०८३, बुधबार

इङ्ल्याण्डमा कोभिड–१९ प्रतिबन्धहरू खुकुलो पारिने

साउन ४, २०७८
इङ्ल्याण्डमा कोभिड–१९ प्रतिबन्धहरू खुकुलो पारिने

इङ्ल्यान्डमा सोमबार मध्यरातदेखि कोभिड–१९ सँग सम्बन्धित प्रायः सबै प्रतिबन्ध हटाउने निर्णय भएको सरकारले जानकारी गराएको छ ।

कोभिड–१९ नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटाइएपछि यहाँ अब दूरी कायम गर्न यस पहिला लागू गरिएका सबै कानूनी ब्यवस्थाहरू अब हट्नेछन् ।

सामाजिक दूरी कायम गरी महामारी नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटेपछि यहाँका सार्वजनिक स्थानमा हिँडडुल गर्दा वा काम गर्दा मास्क लगाउनु अनिवार्य हुनेछैन । लामो समयदेखि पूर्ण सञ्चालनमा नल्याइएका रात्रिक्लबहरूलाई फेरि खोल्न दिइनेछ साथै सामुहिक जमघटका लागि पहिला तोकिएको सङ्ख्यासम्बन्धी प्रावधान अन्त्य हुनेछन् ।

कोभिड–१९ विरूद्धको खोप अभियानका कारण महामारीलाई केही हदसम्म नियन्त्रणमा ल्याउन सकिएको भएपनि अझै महामारी पूर्ण रोकिएको भने छैन ।

salt training

कमेन्ट गर्नुहोस्