०८ असार २०८३, सोमबार

'हाइप्रोफाइल' नेताहरुको जिल्ला दाङमा यस्तो छ चहलपहल

कात्तिक २०, २०७४
'हाइप्रोफाइल' नेताहरुको जिल्ला दाङमा यस्तो छ चहलपहल

दाङ, २६ जेठ - दोस्रो चरणअन्तर्गतको स्थानीय तहको निर्वाचनका लागि दाङमा चुनावी रौनकता बढ्दै गएको छ ।

दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरी १० स्थानीय तह रहेको दाङमा चुनावी रौनकता बढ्दै गएको हो ।

प्रमुख दलहरुले मतदातालाई आफ्नो पक्षमा पार्न विभिन्न कार्यक्रम गर्दै आएका छन् । दाङको तुलसीपुर, घोराही, लमही र गाउँपालिकामा आ–आफ्नो पक्षमा मत माग्न दलहरु मतदाता घरदैलो तथा भेटघाट कार्यक्रमलाई तिव्र पारिएका छन् ।

उपमहानगरपालिका तथा नगरपालिकाको प्रमुख एव्म उपप्रमुख पदमा उम्मेदवारको टुङ्गो नलगाएपनि नेपाली काँग्रेसले प्रचारप्रसार अभियानलाई तिव्र पारिएको छ । नेकपा (एमाले)ले घोराही उपमहानगरपालिकाका प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा सीता न्यौपाने तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुखमा घनश्याम पाण्डे र उपप्रमुखमा माया आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र)ले घोराही उपमहानगरपालिकाको प्रमुखमा जीवन गौतम र उपप्रमुखमा सीता चौधरी तथा तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा शेसुराम भण्डारी र उपप्रमुखमा सीता ओलीलाई उम्मेदवार बनाएको छ ।

उम्मेदवारको टुङ्गो लगाए, नलगाए पनि प्रमुख दलहरुले अहिले गाउँगाउँमा चुनावी सभाको आयोजना गर्दै घरदैलो कार्यक्रममा व्यस्त भएको देखिन्छ । लामो समयसम्म हुन नसकेको स्थानीय तहको चुनाव हुन लागेकोमा सर्वसाधारण जनता उत्साहित भएका छन् । विभिन्न दलका चुनावी गीतले बजार गुञ्जिरहेका छन् भने प्रत्येक राजनीतिक दलका घरघरमा पार्टीका झन्डा फराइरहेका छन् । रासस
 
 
 
 
 
 
 
 
 

salt training

कमेन्ट गर्नुहोस्