१५ असार २०८३, सोमबार

मोरङको बेलबारी नगरपालिकाले विद्यार्थी पढाउन जडान गर्‍यो फ्री वाइफाई

मोरङको बेलबारी नगरपालिकाले विद्यार्थी पढाउन जडान गर्‍यो फ्री वाइफाई

कोरोना भाइरसका कारण विद्यार्थीहरूको पठन–पाठनमा असर पुगेपछि मोरङ बेलबारी नगरपालिकाले पठनपाठनलाई सहज बनाउन फ्री वाइफाई जडान गरेको छ । ५० स्थानमा वाइफाई जडान गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ । 

वैकल्पिक विधिबाट पठनपाठन गर्न लागि सहज होस् भन्ने उद्देश्यका साथ एउटा वडामा ४ स्थानमा वाइफाई जडान गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । 

फ्री वाइफाई जडान भएपछि इन्टरनेट पहुँचभन्दा बाहिर रहेका विद्यार्थीलाई पठनपाठनमा सहज हुने नगरपालिकाले विश्वास लिएको छ । नगरपालिकाका ५ वटा विद्यालयलाई भर्चुअल कक्षाको हब बनाएर पठनपाठन गरिने नगरपालिका शिक्षा शाखाका प्रमुख भूपेन्द्र कोइरालाले बताए । 

पाँच वटा विद्यालयमा सबै विद्यालयका शिक्षक शिक्षिका भेला भएर अनलाइनको माध्यमबाट सिकाइने कोइरालाको भनाइ छ ।

अनलाइनको पहुँच नपुगेका विद्यार्थीहरूका लागि सीयूजी सिम उपलब्ध गराइएको नगर प्रमुख सुवेदीले बताए । 

सुवेदीका अनुसार उक्त सिमकार्डमार्फत् एक जना शिक्षकले ६ जना विद्यार्थीलाई एकै पटक पढाउन मिल्ने छ । 

उक्त सिमको प्रयोगबाट सामान्य खालका मोबाइलबाट समेत पठनपाठन गर्न मिल्ने भएकाले सबै विद्यार्थी पठनपाठनबाट वञ्चित नहुने नगरपालिकाको कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्