
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकार विस्तारको बारेमा छलफल भएको छ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेलगत्तै प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
प्रचण्डसँगै प्रधानमन्त्री देउवालाई भेट्नका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि बालुवाटार पुगेका थिए ।
देउवासँगको भेटवार्तापछि प्रचण्ड खुमलटार फर्किएको माओवादी नेता जोखबहादुर महराले जानकारी दिए ।
प्रचण्ड सात महिनापछि बालुवाटार गएका हुन् । ५ पुस २०७७ यता पहिलो पटक आज प्रचण्ड बालुवाटार छिरेका हुन् ।
५ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक संसद् विघटन गरे यता उनी बालुवाटार गएका थिएनन् ।