०२ असार २०८३, मंगलबार

घाँस काट्दा लडेर ४८ वर्षीय पुरुषको मृत्यु

साउन ५, २०७८
घाँस काट्दा लडेर ४८ वर्षीय पुरुषको मृत्यु
प्रतिकात्मक तस्वीर

बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ, काउलेका ४८ वर्षीय इन्द्रबहादुर पुनको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ ।

घर नजिकै रहेको झौरियाको भीरमा घाँस काट्न गएका पुनको मंगलवार बिहान लडेर मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिए ।

स्थानीयले खबर गरेपछि बिहुँ–धम्जा प्रहरी चौकीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्