×

NMB BANK
NIC ASIA

कोदोको घरेलु रक्सी ‘ब्रान्डिङ’ गर्ने मन्त्रीको रहर तर कार्यदलका विज्ञलाई अलमल

साउन ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोदोबाट बनेको प्रतिबन्धित घरेलु रक्सीलाई ‘ब्रान्डिङ’ गरेर विदेश निर्यात गर्ने रहरका साथ १ नम्बर प्रदेशकी सामाजिक विकास मन्त्री उषाकला राईले कार्यदल बनाइन् तर कार्यदलले तोकिएको समयमा प्रतिवेदन दिन नसकेर अलमल देखिएको छ ।

Muktinath Bank

गत वैशाख १३ गते मन्त्री राईले रक्सी ‘ब्रान्डिङ’ गर्न कार्यदल गठन गरेकी थिइन् । १ नम्बर प्रदेश योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यदललाई ४५ दिनभित्र प्रतिवेदन दिने कार्यादेश दिइएको थियो । समितिले तोकिएको समयभित्र प्रतिवेदन बुझाउन नसकेपछि साउन १५ गते प्रतिवेदन बुझाउने जनाएको छ । 


Advertisment
Nabil box
Kumari

मन्त्री राईले स्वदेशी मदिरालाई प्रतिबन्ध लगाएर विदेशी मदिरालाई प्रोत्साहन गर्न नहुने भन्दै घरेलु मदिराको उत्पादन र बिक्री वितरणलाई प्रोत्साहन गर्न कानूनी आधारहरू तयार गर्न कार्यदल गठन गरिएको बताएकी थिइन् । 

Vianet communication
Laxmi Bank

‘ब्रान्डिङ गर्नका लागि उत्पादन र गुणस्तर मुख्य कुरा हो,’ कार्यदलका सदस्य तथा विराटनगरका सहप्राध्यापक डिल्लीकुमार प्रसाईले भने, ‘नेपालमा अहिलेसम्म लोकल रक्सीको गुणस्तर जाँच्ने निकाय नै छैन । मन्त्रीज्यूले ल्याएको योजना राम्रो भए पनि कानूनी बाधाअड्चन धेरै छन्, यिनै बाधा अड्चनका कारण हामी अलमलमा परेका छौं ।’

कार्यदलले घरेलु रक्सी ‘ब्रान्डिङ’का चुनौती र अवसर समेटेर प्रतिवेदन दिने कार्यदलका एक सदस्यले बताए । ‘मन्त्रीज्यूको चाहना कार्यदलले प्रतिवेदन बुझाउने बित्तिकै ब्रान्डिङ गर्ने भन्ने छ तर हामीले खोज, अनुसन्धान गरेर चुनौती र अवसर सहितको प्रतिवेदन दिन्छौं, अरु उहाँहरूले गर्ने हो,’ ती सदस्यले भने ।

कार्यदलमा प्रदेश योजना आयोग सदस्य मिना भण्डारी, मुख्यमन्त्री शेरधन राईका आर्थिक सल्लाहकार महेन्द्रबहादुर गुरुङ, स्नातकोत्तर क्याम्पस विराटनगरका सहप्राध्यापक डिल्लीकुमार प्रसाई, प्रदेश कृषि निर्देशनालयका प्रमुख प्रकाश डाँगी, सामाजिक विकास मन्त्रालयका उपसचिव अम्बिकाप्रसाद चौलागाई, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव कमलकुमार थापा, प्रदेश योजना आयोगका अधिकृत राकेश निरौला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सहायक वनस्पति अधिकृत राजेश तामाङ छन् । कार्यदलको सदस्य सचिवमा सामाजिक विकास मन्त्रालयका कानून अधिकृत निर्मल भट्टराई छन् । 
कानूनी जटिलताबारे अन्योलता रहेकाले केही समस्या देखिएको कार्यदलका संयोजक लोक्सोमाले बताए ।

कार्यदलले प्रतिवेदन बुझाउन ढिलाइ गरेपछि मन्त्री राईले समेत कुरा फेर्न थालेकी छन् । उनले केही दिनअघि मात्रै प्रदेश सभाको बैठकमा तामाको भाडामा बनाएको रक्सी मात्रै ‘ब्रान्डिङ’ गर्ने बताइन् ।

मन्त्री राईका पति तथा निवर्तमान स्वास्थ्यमन्त्री समेत रहेका शेरबहादुर तामाङले गाँजालाई व्यावसायिकीकरण गर्नुपर्ने विषय उठाउने गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x