
अफ्रिकी मुलुक मालीका अन्तरिम राष्ट्रपति असिमी गोइतामाथि मंगलवार आक्रमणको प्रयास गरिएको छ ।
उनले राजधानी बामाकोमा रहेको मस्जिदमा ईद अल–अदहाको प्रार्थना गरिरहेको बेलामा आक्रमण गरिएको हो ।
दुईजनाले उनीमाथि आक्रमण गर्न खोजेकोमा एकजनाको हातमा चक्कु थियो ।
राष्ट्रपतिलाई तत्कालै सुरक्षित स्थानतर्फ लगिएको थियो ।
मालीका धार्मिक मामिला मन्त्री मामादोउ कोनेले राष्ट्रपतिलाई मार्ने उद्देश्यले एक व्यक्तिले चक्कु प्रहार गर्न खोजेको तर उसलाई पक्राउ गरिएको बताए ।
मस्जिदका निर्देशक लातुस तौरेले राष्ट्रपतिमाथि प्रहार गर्न एक व्यक्ति दौडेको भए पनि अर्को व्यक्तिलाई उसले घाइते बनाएको बताए ।
विगत कैयौं वर्षदेखि मालीमा जिहादीहरूको आतंक फैलिएको छ । उक्त आतंक छिमेकी मुलुक नाइजर र बुर्किनो फासोसम्म पनि फैलिएको छ ।