
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक च्यासलमा शुरू भएको छ ।
सोमवारबाट शुरू भएको १० औं केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको हो ।
सोमवारको बैठकले पार्टी हितविपरीत काम गरेको भन्दै २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
आजको बैठकमा सर्वोच्च अदालतको फैसलासम्बन्धी पार्टीको दृष्टिकोण, पार्टीको आगामी भूमिकालगायतका विषयमा छलफल हुने भएको छ ।
