
एसियामा हतियार जम्मा गर्ने खतरनाक दौड चलिरहेको र भविष्यमा यसले खतरनाक रूप लिने जोखिम देखिएको छ ।
राजनीतिकर्मी, विश्लेषक र सेनाका वरिष्ठ अधिकारीहरूले यस्तो आशंका गरेका हुन् ।
चीन र अमेरिकाको सिको गर्दै एसियाका साना मुलुकले लामो दूरीका अत्याधुनिक क्षेप्यास्त्रहरू जम्मा गरिरहेका छन् ।
चीनले व्यापक मात्रामा नयाँ हतियारहरू बनाइरहेकाले अमेरिकाले पनि आफ्नो शक्ति बढाउनका लागि हतियारको होडबाजी गरिरहेको छ ।
प्यासिफिक फोरमका अध्यक्ष डेभिड स्यान्टोरो भन्छन्, ‘एसियामा क्षेप्यास्त्र सम्बन्धी परिदृश्य द्रुत गतिमा बदलिरहेको छ ।’
विश्लेषकहरूका अनुसार, हतियारको दाम किफायती हुँदै गइरहेको छ र तिनले आक्रमण गर्ने सटीकता पनि बढिरहेको छ । कुनै देशले यस्तो हतियार किन्दा उसको छिमेकी देशले पनि हतियार जम्मा गर्न खोज्छ । शक्तिमा पछि नपर्न देशहरूमा होडबाजी छ ।’
यी क्षेप्यास्त्रहरूमार्फत साना देशले शक्ति बढाइरहेका छन् । त्यसको रणनीतिक लाभ पनि उनीहरूले लिइरहेका छन् ।
तर हतियारको यस होडबाजीले तनाव बढ्ने र युद्ध हुने खतरा ह्वात्तै बढेको छ ।