०८ साउन २०८३, शुक्रबार

नेशनल लाइफको गत बर्ष प्रथम बीमा शुल्क चार अर्ब नाघ्यो, कुल बीमा शुल्क १२ अर्ब रुपैयाँमाथि

नेशनल लाइफको गत बर्ष प्रथम बीमा शुल्क चार अर्ब नाघ्यो, कुल बीमा शुल्क १२ अर्ब रुपैयाँमाथि

नेशनल लाइफ इन्स्योरेन्सको गत आर्थिक बर्ष प्रथम बीमा शुल्क बापतको रकम चार अर्ब रुपैयाँ नाघेको छ। कूल बीमा शुल्क १२ अर्ब माथि पुगेको छ।

आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशतभन्दा बढि प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको हो। 

त्यस्तै, नवीकरण बीमा शुल्क समेत उल्लेख्य रुपमा बृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा जम्मा नौ अर्ब २६ करोड ७४ लाख कूल बीमाशुल्क संकलन गरेकोमा गत बर्ष १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको हो। 

सबै वित्तिय सूचांकमा उल्लेख्य प्रगति गरेको कम्पनी देशकै दोश्रो ठूलो जीवन बीमा कम्पनी बन्न पुगेको विज्ञप्तिमा उल्लेख गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्