०१ असार २०८३, सोमबार

वालिङ मालपोत कार्यालयमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर

वालिङ मालपोत कार्यालयमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर

माछापुच्छ्रे बैंक लि. ले स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा रहेको मालपोत कार्यालयमा बैंकको एक्सटेन्सन काउण्टर स्थापना गरेको छ ।

मालपोत कार्यालयको राजश्व संकलन तथा त्यस वरपरका बासिन्दाको बैंकिङ्ग आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त एक्सटेन्सन कार्यालय संचालनमा ल्याएको हो ।

मंगलवारबाट संचालनमा ल्याइएको एक्सटेन्सन काउण्टरको वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँडले उद्घाटन गरेका थिए ।  

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको जनाएको छ  ।

salt training

कमेन्ट गर्नुहोस्