२२ जेठ २०८३, शुक्रबार

फेरि बढ्न थाल्यो कोरोना संक्रमण

साउन ५, २०७८
फेरि बढ्न थाल्यो कोरोना संक्रमण
फाइल फोटो

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमितको संख्या बढेर ३ हजार १०८ पुगेको छ ।

सोमवार संक्रमितको संख्या २ हजार ४४५ थियो भने आइतवार १ हजार ८०१ रहेको थियो । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ७ लाख २१ हजार २ पुगेको छ । 

पछिल्लो २४ घण्टामा थप ८ हजार ८३६ जनाको पीसीआर परीक्षण तथा ४ हजार २९९ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पीसीआर विधिबाट २ हजार २०२ तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ९०६ जनामा संक्रमण पुष्टि भएको हो । सोमवार ७ हजार ८३३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६४२ तथा ३ हजार ८३१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ८०३ जनामा संक्रमण पुष्टि भएको थियो ।

आइतवार ६ हजार ६२८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २२३ तथा ३ हजारको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५७८ जनामा संक्रमण पुष्टि भएको थियो ।    

हालसम्म ६ लाख ३४ हजार ७२७ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५९५ संक्रमित निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ । सोमवार १ हजार २५८ संक्रमित निको भएर घर फर्किएका थिए भने आइतवार १ हजार ६६७ जनामा सञ्चो भई घर फर्किएका थिए ।  

राजधानी काठमाडौं उपत्यकामा पछिल्लो समय ७१९ संक्रमित थपिएका छन् । काठमाडौंका ५३१, भक्तपुरका ४१ तथा ललितपुरका १४७ जना रहेका मन्त्रालयले जनाएको छ । 

सोमवार उपत्यकामा ४७४ संक्रमित थपिएका थिए । काठमाडौंमा ३३०, ललितपुरमा ५६ तथा भक्तपुरमा ८८ जनामा संक्रमण पुष्टि भएको थियो । आइतवार उपत्यकामा ३३४ संक्रमित थपिएका थिए भने काठमाडौंका २३४, भक्तपुरका ३६ तथा ललितपुरका ६४ संक्रमित रहेका थिए ।  

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप २५ संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६०७ पुगेको मन्त्रालयले जनाएको छ ।

सोमवार कोरोनाबाट ३२ जनाले ज्यान गुमाएका थिए भने आइतवार कोरोना भाइरसका कारण २३ जनाको मृत्यु भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्