×

NMB BANK
NIC ASIA

काठमाडौँ–तराई/मधेस द्रुतमार्ग : निर्माणको काम लक्ष्यअनुसार नै !

साउन ६, २०७८

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

 काठमाडौँ–तराई/मधेस द्रुतमार्गको निर्माणको काम लक्ष्यअनुसार हासिल भइरहेको छ ।

Muktinath Bank

नेपाली सेनाले निर्माणको जिम्मा लिएको यो आयोजनाको गत आर्थिक वर्षसम्म भौतिक प्रगतिको कुल लक्ष्य १६ दशमलव २१ प्रतिशत रहेकोमा सो अवधिसम्म कुल भौतिक प्रगति १६ दशमलव १० प्रतिशत सम्पन्न भएको सेनाले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रिपरिषद्को २०७४ वैशाख २१ को बैठकले द्रुतमार्ग निर्माणको व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।


Advertisment
Nabil box
Kumari

सेनाले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी आर्थिक वर्ष २०७७/७८ मा आयोजनाको कुल अंशको थप पाँच दशमलव १० प्रतिशत काम सम्पन्न भई समष्टिगत भौतिक प्रगति १६ दशमलव १० प्रतिशत र वित्तीय प्रगति १४ दशमलव ५१ प्रतिशत लक्ष्य हासिल भएको जनाएको छ ।

Vianet communication
Laxmi Bank

गत आर्थिक वर्ष २०७७\७८ मा आठ अर्ब ९६ करोड ८८ लाख रुपियाँ विनियोजन भएकोमा वार्षिक आर्थिक प्रगति ९७ दशमलव ३४ प्रतिशत रहेको सेनाले जनाएको छ । त्यसैगरी आयोजनाको सुरुङमार्ग निर्माण गर्न छनोट भएका निर्माण कम्पनीले कार्य प्रारम्भ गरिसकेको सेनाले जनाएको छ । त्यसैगरी सडक आयोजनाको डिजाइन तथा कन्स्ट्रक्सन निरीक्षणका लागि अन्तर्राष्ट्रिय परामर्शदाता तथा स्थानीय विषय विज्ञहरू छनोट गरी सर्भेलगायतका काम भइरहेका छन् ।

आयोजनाको समष्टिगत वातावरणीय प्रभाव मूल्याङ्कन तथा सुरुङमार्ग र पुल निर्माण सम्बन्धमा केही परिमार्जन भएअनुरूप पूरक वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति भई कार्य प्रारम्भ गरिएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

रुख काट्ने काम सम्पन्न

रुख कटान तथा व्यवस्थापनसम्बन्धी कार्य शतप्रतिशतरूरुपमा सम्पन्न भएको सेनाले जनाएको छ । रुख कटान भएअनुसार १ः२५ को अनुपातमा वृक्षरोपण गर्ने कार्यअनुरूप गत आर्थिक वर्षको असार मसान्तसम्म दुई लाख ४९ हजार १६६ वटा वृक्षरोपण गरिएको छ ।

त्यसैगरी अहिलेसम्म ९१ दशमलव पाँच प्रतिशत जग्गा अधिकरण तथा मुआब्जा वितरणसम्बन्धी कार्य सम्पन्न गरिएको छ भने खोकना–बुङ्मती इलाकामा रहेको जग्गा विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा समन्वय उप–समिति गठन गरी आवश्यक समन्वय तथा पहल भइरहेको छ ।

आयोजना स्थलमा १४ वटा बेलिब्रिज जडान गर्ने योजनाअनुसार आठवटा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याइएको छ भने अन्य जडान हुने क्रममा रहेका छन् । सेनाका अनुसार पुल तथा सुरुङ निर्माण कामका लागि आवश्यक पर्ने पहुँच मार्ग निर्माणको काम पनि अगाडि बढाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x