×

NMB BANK
NIC ASIA

कैलालीमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

साउन ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कैलाली जिल्लामा रहेका राजश्व सङ्कलन हुने कार्यालयबाट गत आर्थिक वर्ष २०७७÷७८ मा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको छ । जिल्लास्थित आन्तरिक राजश्व कार्यालय, करदाता सेवा कार्यालय लम्की र कैलाली भन्सार कार्यालयबाट लक्ष्यभन्दा धेरै राजश्व सङ्कलन भएको यी कार्यालयले जनाएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

आन्तरिक राजश्व कार्यालय कैलालीले गत आव २०७७/७८ मा रु पाँच अर्ब ५३ करोड राजश्व सङ्कलन गरेको छ । कार्यालयलाई गत आवमा आन्तरिक राजश्व विभागले रु चार अर्ब ५० करोड राजश्व उठाउने लक्ष्य दिएकामा रु पाँच अर्ब ५३ करोड राजश्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी हिरानन्द देवकोटाले जानकारी दिए । “यो राजश्व लक्ष्यभन्दा २२.८७ प्रतिशत बढी हो”, देवकोटाले भने, “यस वर्ष लक्ष्यभन्दा राजश्व राम्रो सङ्कलन भएको छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कैलालीको लम्कीस्थित करदाता सेवा कार्यालयबाट पनि गत आवमा रु ५१ करोड ७४ लाख १० हजार राजश्व सङ्कलन भएको छ । आयकरतर्फ रु २७ करोड ७१ लाख ५८ हजार, आन्तरिक करतर्फ रु १७ करोड ७२ लाख एक हजार, घरबहाल करबाट रु एक करोड १४ लाख ६९ हजार, अन्तःशुल्कबाट रु चार करोड १९ लाख चार हजार, ब्याजदरतर्फ रु ९४ लाख ८२ हजार, स्वास्थ्य सेवाकर रु १० हजार र शिक्षा सेवा शुल्क रु एक लाख ८७ हजार राजश्व सङ्कलन भएको छ ।


Advertisment
Nabil box
Kumari

अघिल्लो आव २०७६/७७ मा करदाता सेवा कार्यालय लम्कीबाट रु तीन करोड ९९ लाख ५५ हजारमात्र राजश्व सङ्कलन भएको थियो । अघिल्लो आवको तुलनामा गत आव २०७७/७८ मा करदाता सेवा कार्यालय लम्कीबाट रु ४७ करोड ७४ लाख ५५ हजार बढी राजश्व सङ्कलन गर्न सफल भएको करदाता सेवा कार्यालय लम्कीका प्रमुख सेतबहादुर शाहीले जानकारी दिए । “अघिल्लो वर्षभन्दा यस वर्ष राजश्व सङ्कलनमा सुधार आएको छ”, उनले भने ।

Vianet communication
Laxmi Bank

कैलाली भन्सार कार्यालयले पनि गएको आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजश्व उठाएको छ । गत आव २०७७/७८ मा कैलाली भन्सार कार्यालयलाई रु आठ अर्ब २१ करोड राजश्व उठाउने लक्ष्य लिएकामा रु आठ अर्ब ८४ करोड राजश्व उठेको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत फडेन्द्र खतिवडाले जानकारी दिए । “कैलाली भन्सार कार्यालयबाट गत वर्ष पेट्रोलियम पदार्थ, ट्र्याक्टर, खाद्यान्न तथा फलफूलजस्ता वस्तुको आयात धेरै भएको छ”, खतिवडाले भने, “सबैलाई कदरको दायरामा ल्याउन प्रयास निरन्तर गरिरहेका छौँ ।”

यता टीकापुरस्थित सत्ती भन्सार कार्यालयले आव २०७७/७८ मा रु १५ करोड ८५ लाख सात हजार ९७३ राजश्व उठाएको छ । कार्यालयलाई भन्सार विभागले आव २०७७/७८ मा रु १४ करोड २३ लाख राजश्व उठाउनुपर्ने वार्षिक लक्ष्य तोकेको थियो । कार्यालयले लक्ष्यभन्दा बढी राजश्व उठाएको सत्ती भन्सार कार्यालय खक्रौलाका प्रमुख विमलकुमार शाहले जानकारी दिए । “अघिल्लो आव २०७६/७७ मा रु पाँच करोड ८० लाख राजश्व उठेको थियो”, कार्यालय प्रमुख शाहले भने, “अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी राजश्व उठाउन सफल भएका छौँ ।”

भन्सार कार्यालयले आव २०७८/७९ का लागि रु २० करोड राजश्व उठाउनुपर्ने लक्ष्य तोकेको छ । सीमामा हुने चोरी, तस्करी नियन्त्रण र भन्सारमा सामान आयातमा कडाइ गरेमा राजश्व सङ्कलनमा वृद्धि हुने स्थानीयवासी बताउँछन् । “कोरोना महामारीपछि भारतबाट अवैध बाटो हुँदै सामान भित्र्याउनेहरू नियन्त्रण भए, जसले राजश्व वृद्धिमा सघाएको देखिन्छ”, स्थानीयवासी रमेश ठकुल्ला भन्छन्, “भन्सार कर्मचारी, प्रहरी र स्थानीयवासीको निगरानीसमेत बढेको छ । यस्तै कार्यले अघि बढे राजश्व वृद्धि थप बढ्छ ।”

मालपोत कार्यालय टीकापुरमा ५८.६ प्रतिशत बढी राजश्व सङ्कलन

कैलालीस्थित मालपोत कार्यालय टीकापुरमा राजश्व सङ्कलन वृद्धि भएको छ । अघिल्लो आवको तुलनामा आव २०७७/७८ मा रु ११ करोड ८५ लाख ५६ हजार ५१७ बढी राजश्व सङ्कलन भएको छ । कार्यालयका अनुसार आव २०७७/७८ मा रु २८ करोड ६७ लाख ४० हजार १६६ राजश्व सङ्कलन भएको छ । अघिल्लो आव २०७६/७७ मा रु १६ करोड ८१ लाख ८३ हजार ६१९ मात्र राजश्व सङ्कलन भएको थियो । यो रकम गत आव २०७६/७७ भन्दा ५८.६ प्रतिशत बढी भएको कार्यालयका सूचना अधिकारी सर्वानन्द चपार्इँले जानकारी दिए ।

“आव २०७७/७८ मा सबैभन्दा बढी जग्गा रजिष्ट्रेशन शुल्कबाट रु १९ करोड ६४ लाख २१ हजार ७०८ राजश्व सङ्कलन भएको छ”, चपाईँले भने, “पूँजीगत लाभकरबाट रु आठ करोड ५३ लाख ७१ हजार ९६५, जग्गा प्रशासनतर्फ रु २५ लाख ९१ हजार ४५७, अग्रिम आयकरबाट रु १६ लाख ९२ हजार ४०६, विविध कर तथा दस्तुरबाट रु छ लाख १२ हजार ६००, भू–सेवा दस्तुरबाट रु ५० हजार राजश्व सङ्कलन भएको छ ।”

मालपोत कार्यालय टीकापुरबाट आव २०७७/७८ मा रु ११ हजार २५२ लिखत पारित भएका छन् भने दुई हजार १३३ मिसिल फरफारक भएका छन् । अघिल्लो आवमा सात हजार ३८१ लिखत पारित भएका र एक हजार २७२ मिसिल फरफारक भएको सूचना अधिकारी चपाईँले जानकारी दिए । मालपोत कार्यालयबाट सङ्कलन भएको राजश्वमध्ये पूँजीगत लाभकर, अग्रिम आयकर र सेवा शुल्कको रकम सङ्घीय सरकारमा र अन्य बाँकी राजश्वको ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत स्थानीय सरकारलाई जाने गरेको सूचना अधिकारी चपाईँले जानकारी दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x