तनहुँ, २६ जेठ - नेकपा (माओवादी केन्द्र) का नेता ६८ वर्षीय भूमिनन्द लामिछानेको विहीबार राति भ¥याङबाट लडेर मृत्यु भएको छ ।

बन्दीपुर गाउँपालिका–५ याम्पास्थित आफ्नै घरको भ-याङ्बाट झर्दै गर्दा लामिछानेको लडेर मृत्यु भएको हो ।
भ-याङबाट लडेर गम्भीर घाइते भएका लामिछानेलाई डुम्रेस्थित मोती मेडिकलमा उपचारका लागि लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागी काठमाडौँ लैजादै गर्दा बाटोमै मृत्यु भएको बन्दीपुर गाउँपालिका–५ का वडा अध्यक्ष धुव्र लामिछानेले बताए ।