×

NIC ASIA

रिसालु बच्चामा यसरी गराउनुस् शान्त स्वभावको विकास

साउन ६, २०७८

Prabhu Bank
NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

केही बच्चाहरू छिनछिनमा रिसाइरहने, झोक्किने र रोइरहने हुन्छन् । जसले गर्दा अभिभावक हैरान भइरहन्छन् ।

Muktinath Bank

बच्चाले भावना र आक्रोशमाथि नियन्त्रण गर्न नसकेको अभिभावकले प्रस्टै देख्छन् । तर यस्तो बेला के गर्ने ? धेरै अभिभावकले समाधान पहिल्याउन सक्दैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामान्यतया बच्चा रिसाउनु, रुनु र आक्रोशित हुनुलाई स्वाभाविक नै मानिन्छ । पछि उमेर पढ्ने गएर बच्चाहरू समझदार बन्दै जान्छन् । बच्चाले धेरै अस्वाभाविक र आक्रामक व्यवहार देखाएमा भने अभिभावकले समाधानका केही उपाय गर्न सक्छन् ।


Advertisment
Nabil box
Kumari

१. आक्रोश व्यवस्थापन शैली

Vianet communication

धेरै आक्रोशित हुँदा हुने अप्ठ्यारा र त्यसलाई न्युनीकरण गर्ने विषयमा अभिभावकले बच्चासँगै नम्रताका साथ कुरा गर्न सक्छन् । रिस आउँदा त्यसलाई बिर्सिने र अरु मन पर्ने कुरा सम्झिनमा ध्यान दिने उपायबारे अभिभावकले बच्चालाई बताउन सक्छन् ।

(२) बच्चामाथि हात नउठाउने 
बच्चा रिसाएको, आक्रोशित भएको वा रोइरहेको बेला बच्चामाथि झन् अभिभावकले हात उठाउने र पिट्ने गर्नु हुँदैन । बच्चालाई पिट्दा आक्रोश झन् बढ्न सक्छ र तपाईंप्रति बच्चाको दृष्टिकोण नकारात्मक बन्नसक्छ ।

३. साझा नियम बनाउने 
बच्चाको आक्रोश नियन्त्रणका लागि परिवारमा सबैले साझा नियम बनाएर लागू गर्न सक्छन् । जस्तैः आक्रोशमा नआउने, कसैप्रति केही गुनासो भए छलफल गरेर समस्या समाधान गर्ने नियम बनाएर बच्चालाई शान्त राख्न सकिन्छ । यदि कसैले नियमको उल्लंघन गरेमा उसले मन नपराउने तरकारी (जस्तैः तितेकरेला) खानुपर्ने सजाय दिने गरेमा आक्रोश निरुत्साहित हुन्छ ।

४. बच्चाको प्रशंसा गर्ने
बच्चाले राम्रो काम गर्दा प्रशंसा गर्ने गरेमा पनि आक्रोश नियन्त्रण हुँदै जान्छ । बच्चालाई राम्रो काम गर्न प्रेरित गर्ने र त्यसपछि प्रशंसा गर्ने गरेमा बच्चाको बानीमा सुधार आउनसक्छ ।

५. छलफल गर्ने
घरपरिवारमा कुनै समस्या आएमा शान्त वातावरणमा छलफल गर्ने, तर्कवितर्क गर्ने र समाधानका उपाय खोज्ने गर्नुपर्छ । यसरी बच्चामा सोच्ने र समाधान खोज्ने बानीको विकास हुन्छ, आक्रोश निरुत्साहित हुँदै जान्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x