भारतविरुद्धको शृंखलाको दोस्रो एकदिवसीयमा हारपछि श्रीलंका टीमका प्रशिक्षक मिकी आर्थर र कप्तान दासुन शनकले मैदानमै बाझाबाझ गरेको भिडियो भाइरल भइरहेको छ ।
श्रीलंकाका बलरहरूले लगातार भारतीय ब्याट्स्म्यानहरूलाई आउट गर्दै जाँदा आर्थर खुशी थिए । तर दीपक चहर र भुवनेश्वर कुमारबीच आठौं विकेटका लागि भएको विशाल साझेदारीपछि आर्थर निराश भए ।
म्याच सकिने बेलासम्म आर्थर झर्कोफर्को गर्न थाले । ड्रेसिङ रूममा उनी रिसाइरहेको देखियो भने मैदानमा कप्तानसँग उनले बाझाबाझ गरेर कुरा गर्दागर्दै बीचैमा हिँडिदिए ।
शनकले रिसको सुरमा केही भनेपछि आर्थरले सहन नसकेर हिँडेको बताइएको छ ।
यसरी म्याच हारेपछि कोच र कप्तानले मैदानमै बाझेर जग हसाउने काम गर्नहुँदैनथियो भनी पूर्वक्रिकेटर रसल आर्नोल्डले टिप्पणी गरेका छन् ।
उक्त खेलमा भारतले श्रीलंकालाई तीन विकेटले हराएको हो । भारतले १९३ रनमा सात विकेट गुमाउँदा श्रीलंकाको जीत पक्कापक्की जस्तै भएको थियो तर दीपक र भुवनेश्वरले ८४ बलमा ८४ रनको साझेदारी गरी भारतलाई जिताए ।
— cric fun (@cric12222) July 20, 2021