
अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रका लागि सरकारले विशेष राहत र पुनःस्थापनाको प्याकेज ल्याउने बताएका छन् ।
नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री शर्माले राहत र पुनरुत्थान प्याकेज तयार पार्नका लागि सरकारले गृहकार्य शुरू गरिसकेको बताए ।
नयाँ राहत प्याकेज ल्याउन विषयमा मन्त्रिपरिषदमा छलफल भइसकेको छ । प्रधानमन्त्रीले पनि राहत प्याकेज ल्याउनका लागि तयारी गर्नुहोस भन्नुभएको छ । हामी त्यसमा जुटेका छौं,’ शर्माले भने ।
परिसंघले शुरु गरेको मेक इन नेपाल–स्वदेशी अभियानले निर्यात प्रवद्र्धन, भुक्तानी सन्तुलन लगायतका क्षेत्रमा सहयोग पुर्याउने र व्यापार घाटा कम हुने विश्वास आफूले लिएको शर्माले बताए ।
उनले यो अभियानलाई सफल पार्नका लागि गुणस्तरीयता र मूल्यको प्रतिस्पर्धालाई सँगसँगै जोडेर लैजाने आवश्यकता भएको औंल्याए ।
उनले यस अभियानले १०० दिनभित्रै प्रारम्भिक नतिजा दिनेगरी काम गर्नुपर्ने बताए ।