×

X
Dabur
Nic Asia
Marvel

निर्माण व्यवसाय क्षेत्रका समस्या समाधान गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

काठमाडाैं | साउन ६, २०७८

फाइल फोटो
TVS INSIDE

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण व्यवसायीका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

IME BANK INNEWS

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले बुधवार प्रधानमन्त्री देउवालाई बधाई दिँदै निर्माण व्यवसाय क्षेत्रका समस्या र समाधानका उपायबारे जानकारी गराएको थियो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

अघिल्लो सरकारले ल्याएका बजेट कार्यान्वयनको माग गर्दै पूरक बजेट ल्याइएमा त्यसमा पनि निर्माण व्यवसायीको माग सम्बोधन गरिदिन आग्रह गरेको छ ।

Vianet communication
Maruti inside

महासंघले बजेटसँग सम्बन्धित म्याद थप, धरौटी रकम फिर्तालगायत विषयमा प्रधानमन्त्री देउवासमक्ष लिखित सुझाव पेश गर्दै कार्यान्वयनका लागि आग्रह गरेको हो । प्रतिनिधिमण्डलले आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यमा निर्माण आयोजनाको ६ महिना म्याद थप हुने व्यवस्था भएकामा आउँदो कात्तिकको अन्त्यसम्म शून्य समय (कन्स्ट्रक्सन होलिडे) मानेर तत्पश्चात् सम्पूर्ण ठेक्काको हकमा सम्बन्धित सार्वजनिक निकायका अधिकारीले गरेको निर्णय मितिबाट गणना हुने गरी स्वतः एक वर्ष म्याद थपको नीतिगत निर्णय गरिनुपर्ने सुझाव दिएको छ । 

विक्रम संवत् २०७६ पुसमा सार्वजनिक खरिद नियमावलीको नवौं संशोधनबाट १ वर्ष म्याद थप भए पनि २०७६ चैत ११ गतेदेखि भएको बन्दाबन्दी र तत्पश्चात् २०७७ माघ ११ गते म्याद थपको लागि भएको नीतिगत निर्णयबाट समेत म्याद थपको समस्या समाधान भएको छैन । २ याममा गरी लगभग ५ हजार आयोजना प्रभावित भएकाले ती आयोजनाका लागि म्याद थपको निर्णय भएको मितिभन्दा अगाडि म्याद समाप्त भएका सबै आयोजनाको लागि निर्णय मितिदेखि गणना हुने गरी स्वतः १ वर्ष म्याद थप गरिनुपर्ने माग महासंघले राखेको छ ।

TATA Below
NLIC
साउन ३१, २०७९

बागलुङ नगरपालिकाद्वारा सोमवार आयोजित  ‘घुम्ती सेवा शिविर’ मा भकुण्डेका तीन सय ६१ नागरिकले विभिन्न पाँच प्रकारका सेवा प्राप्त गरेका छन् ।   बागलुङ–१० भकुण्डेमा सञ्चालित शिविरमा ...

साउन ३०, २०७९

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन परिमार्जन हुने बताएका छन् ।        सिंहदरबारस्थित कानून मन्त्रालयमा पुगी द्वन्द्वपीडित साझा ...

साउन ३०, २०७९

नेपाली सेना र अमेरिकी सेनाबीच ३९औँ संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल नामक संयुक्त तालिम मङ्गलबारदेखि शुरू हुँदैछ ।  नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेञ्जर ग...

साउन ३०, २०७९

सभामुख अग्निप्रसाद सापकोटाले कतिपय दलीय असहमतिलाई सहमतिमा ल्याउने महत्वपूर्ण थलो ससंदीय समिति बनेको बताएका छन् । कानून, न्याय तथा मानव अधिकार समितिले प्रकाशन गरेको ‘संसद्मा कानून, न्याय तथा मानव अधिकार...

साउन ३०, २०७९

विधि र कानूनको पालनामार्फत जनसेवाको सङ्कल्प बोकेर स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका करिब ७० प्रतिशत उम्मेदवारले नै आफूले बुझाउनुपर्ने खर्च विवरण बुझाएका छैनन् । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ को उपदफ...

साउन ३०, २०७९

दस वर्षभन्दा लामो समयदेखि अलपत्र परेको सिन्धुपाल्चोकको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया पुनः अघि बढेको छ । विसं २०६७ देखि बन्द भएर खारेज भएको सो आयोजनालाई नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले ल...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x