![सांसद अमरेशकुमार सिंहले बुझाए सभापति देउवालाई राजीनामा [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/Amresh_Singh_LYnmYhLdq6.png)
नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् ।
क्रियाशील सदस्यता वितरणमा असन्तुष्ट रहेका सिंहले बुधवार सभापति देउवालाई राजीनामा बुझाएका हुन् ।
सिंहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको व्यहोरा राजीनामा पत्रमा खुलाएका छन् ।
‘मधेशमा कांग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुनःस्थापना गर्न नागरिकको हैसियतमा मेरो भूमिका उपयोगी हुने भएकोले महामानव बीपी कोइरालाको स्मृति दिवसका दिन आजै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा गर्दछु,’ राजीनामा पत्रमा उल्लेख छ, ‘मेरो राजीनामालाई एउटा निष्ठावान र जिम्मेवार कार्यकर्ताको बाध्यकारी निर्णयका रूपमा ग्रहण गर्दै तत्काल स्वीकृत गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

