काठमाडौंको भोटेबहालबाट १२ जुवाडे पक्राउ

काठमाडौंको भोटेबहालबाट १२ जुवाडे पक्राउ परेका छन् । स्थानीय दिनेश कुमार शेरचनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसर कालिमाटीबाट खटिएको टोलीले जुवाडेलाई पक्राउ गरेको हो ।

जुवाडेको साथबाट प्रहरीले २ लाख ९१ हजार ४००  रुपैयाँ २१ बुक तास, चेक बुक लगायत बरामद गरेर कारबाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्