काठमाडौं, १४ पुस – नेपाल चलचित्र निर्माता संघको आकाश अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै निर्माता रोज राणा महासचिव र छवि ओझा सचिवमा निर्वाचित भएका छन् । वर्तमान अध्यक्ष राजकुमार राईको पहलमा केही पदमा निर्विरोध भएपनि बाँकी पदमा भने शुक्रवार निर्वाचन हुनेछ ।
निर्माता तथा निर्देशकसमेत रहेका अधिकारी लामो समयदेखि चलचित्र क्षेत्रमा क्रियाशील छन् । माधव वाग्ले, केशव, भट्टराई र गोविन्द शाही दुई उपाध्यक्ष पदका लागि भिड्ने तयारीमा छन् । सदस्यका लागि ९ जना प्रतिस्पर्धीले आफूलाई अगाडि सारेका छन् ।
संघमा ३ वर्षको कार्य अवधी रहेको १५ सदस्यीय कार्यसमिति रहनेछ । यसअघि नै हुने भनेको निर्वाचन केही समयका लागि सरेको थियो ।
तस्वीरः नेपाली चलिचत्रबाट