×

NMB BANK
NIC ASIA

भाग्यमानी कुन्द्रा : एकपछि अर्को विवाद आउँदा पनि पाए सफाइ

साउन ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कानूनविपरीत काम गर्ने व्यक्तिको जीवन एउटै केसले पनि तहसनहस बनाइदिन्छ । उक्त व्यक्तिले आर्थिक र मानसिक दुवैथरी क्षति बेहोर्नुपर्ने हुन्छ । 

Sagarmatha Cement
Muktinath Bank

तर बलिउड अभिनेत्री शिल्पा शेट्टीका व्यापारी पति राज कुन्द्राको कुरा बेग्लै छ । अन्डरवर्ल्ड कनेक्सनको आरोपदेखि क्रिकेटमा सट्टेबाजीसम्म कैयौं केसमा फुेको भए पनि कुन्द्राले अदालतबाट स्टे लिएका छन् भने कुनै केसमा त प्रहरीले नै क्लीन चिट दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुन्द्रा एकपछि अर्को विवादमा जोडिँदै गए तैपनि बचिरहे । 


Advertisment
Nabil box
Kumari

उनीसँग २९ सय करोड भारु बराबरको सम्पत्ति रहेको बताइन्छ । यति धनी मान्छेले पैसाको लोभमा पोर्न फिल्ममा हात हाले । यसमा पनि आफू भाग्यले नै बच्छु भन्ने उनलाई लागेको हुनुपर्छ । 

Vianet communication
Laxmi Bank

आपराधिक समूहका इकबाल मिर्चीको अवैध सम्पत्तिको केसमा इन्फोर्समेन्ट डिरेक्टोरेटले अनुसन्धान गर्दा राज कुन्द्राको पनि नाम आयो । सन् २०१९ मा ईडीले कुन्द्रासँग १० घन्टासम्म सोधपुछ गरेको थियो । तर त्यसमा उनले मिर्चीसँग जोडिएका रञ्जीत सिंह बिन्द्रासँग सम्पर्क राखेको भए पनि बिन्द्राको कसकससँग सम्बन्ध छ आफूलाई थाहा छैन भनी बचेका थिए ।

अर्को केस सन् २०१८ मा २००० करोड भारुको बिटकोइनको केस थियो । अमित भारद्वाज र विवेक भारद्वाजले भारतमा ८ हजारजनासँग पैसा लिएर बिटकोइन दिने वाचा गरेका थिए । अमितसँग प्रहरीले सोधपुछ गर्दा राज कुन्द्राको पनि नाम आएको थियो । तर प्रहरीले बलियो प्रमाण जुटाउन नसकेपछि उनलाई सफाइ दियो । 

अआईपीएलमा राज कुन्द्राले राजस्थान रोयल्स टीममा लगानी गरेका थिए । सन् २०१३ मा राजले टीमका अर्का मालिक उमेश गोयन्कामार्फत सट्टेबाजीमा सहभागी बनेको आरोप आयो । 

कुन्द्राले आफू बेटिङमा सहभागी बनेको तर म्याच फिक्सिङ चाहिँ नगरेको बताएका थिए । 

राजस्थान रोयल्सलाई दुई वर्षका लागि आईपीएलमा प्रतिबन्ध लगाइएको थियो । प्रहरीले कुन्द्राविरुद्ध प्रमाण जुटाउन सकेन र क्लीन चिट दियो । 

टेलीशपिङमा ठगी, गोल्ड कार्ड स्किममा ठगी, कारले मान्छेलाई ठोकेको केस लगायतका कैयौं मामिलामा राज कुन्द्राले सफाइ पाइसकेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x