३० जेठ २०८३, शनिबार

कोरोनाको उत्पत्तिका विषयमा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनले आग्रह गर्दा चीन आक्रोशित

साउन ७, २०७८
कोरोनाको उत्पत्तिका विषयमा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनले आग्रह गर्दा चीन आक्रोशित

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको उत्पत्तिका सम्बन्धमा पुनः एकपटक छानबिन गर्न आह्वान गरेकोमा चीनले त्यसप्रति आक्रोश व्यक्त गरेको छ । 

प्रयोगशालाबाट भाइरस चुहिएको भन्ने विषयमा कुनै प्रमाण उपलब्ध नरहेको र सामान्य बुद्धि लगाउँदा पनि त्यो गलत भएको थाहा हुने चीनको भनाइ छ ।

भाइरस कुनै पशुबाट उत्पत्ति भएको हुन सक्ने र बीचको एउटा होस्टमार्फत मानिसमा सरेको हुन सक्ने चीनका शीर्ष विज्ञान अधिकारीहरूले बेइजिङमा बिहीवार बताए । 

विश्व स्वास्थ्य संगठनले पशुबाट भाइरस उत्पत्ति भएको भनी बुझाएको प्रतिवेदनलाई उनीहरूले इंगित गरे अनि प्रयोगशालाबाट चुहिएको भन्ने अनुमान लगभग असम्भव रहेको बताए । 

विवादको केन्द्रमा रहेको वुहान प्रयोगशालामा भाइरस छँदै थिएन, लियाङ वान्नियानले बताए । उनी विश्व स्वास्थ्य संगठनसँग मिलेर काम गर्ने चिनियाँ विज्ञहरूको टोलीमा रहेका संक्रामक रोग विशेषज्ञ हुन् । 

प्रयोगशालाबाट चुहिएको सिद्धान्तको अनुसन्धानका लागि थप स्रोतसाधन खर्च गर्नुको औचित्य नरहेको उनको भनाइ छ । 

चीनले लगातार प्रयोगशाला सिद्धान्तलाई अस्वीकार गर्दै आएकोमा बिहीवार चिनियाँ अधिकारीहरूले यसमा लक्ष्मणरेखा नै कोरेका छन् । यस सिद्धान्तलाई अघि बढाइरहने हो भने बेइजिङ त्यसमा नअल्झिने चीनको अडान छ । 

चीनले यस विषयमा लिएको यो सबभन्दा प्रत्यक्ष अडान हो ।
 

salt training

कमेन्ट गर्नुहोस्