०७ असार २०८३, आइतबार

कोरोना संक्रमण जति घट्नुपर्ने हो, त्यति घट्न सकिरहेको छैन : स्वास्थ्य मन्त्रालय

कोरोना संक्रमण जति घट्नुपर्ने हो, त्यति घट्न सकिरहेको छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण घट्न नसकेको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

‘हामी सबै यसरी लागिपर्दा पनि यो संक्रमण जति घट्नुपर्ने हो, त्यति घट्न सकिरहेको छैन,’ विज्ञप्तिमा उल्लेख छ ।

महामारी कुनै व्यक्ति र निकायको एक्लैको युद्ध नभएको जनाउँदै मन्त्रालयले सबै मन्त्रालय, प्रदेश र स्थानीय तहको पनि महत्त्वपूर्ण भूमिका हुने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्