स्पेनको सेभिलमा रहेको एन्डलुसिया संसदमा बुधवार सांसदहरूले महत्त्वपूर्ण विषयमा मतदान गर्न लागेको बेलामा मुसा पसेर आतंक मच्चाएको छ ।
सांसदहरूले मुसा देखेर जनाएको प्रतिक्रियाको भिडियो भाइरल बनिरहेको छ ।
क्षेत्रीय संसद्की सभामुख मार्ता बोस्केटले बोल्दै गर्दा सदनमा मुसा देखिन् । त्यसपछि उनी माइकमै चिच्याइन् र मुख छोपिन् ।
सांसदहरू जर्याकजुरुक उठे र मुसा खोज्न थाले । एकछिन सदनमा खैलाबैला मच्चियो ।
क्षेत्रकी पूर्व अध्यक्ष सुसाना डियाजलाई सिनेटर बनाउने विषयमा मतदान हुन लागेको बेलामा मुसा आइपुगेको थियो । खैलाबैला शान्त भएपछि सांसदहरूले मतविभाजन गरे अनि डियाजलाई समाजवादी सिनेटर बनाए ।
उक्त मुसा निकै ठूलो भएकाले सांसदहरू आत्तिएको बताइएको छ । पछि संसद् सचिवालयले सम्झौता गरेको एउटा कम्पनीका कर्मचारीले मुसा समाते ।
This is the moment when a rat causes havoc in Andalusia's parliament in Spain 🐀 pic.twitter.com/PypFRWvQfQ
— Reuters (@Reuters) July 21, 2021