रुसमा ट्राफिक प्रहरीका एक अधिकारीमाथि भ्रष्टाचार र घुसखोरीको आरोप लागेपछि घरमा छापा मार्दा सुनको ट्वाइलेट कमोड भेटिएको छ ।
छापा मार्न गएका अधिकारीहरूले सुनको ट्वाइलेट देखेर चकित भएका छन् ।
आरोपित अधिकारीको घरमा भव्य कोठाचोटा र विलासी साजसज्जा पाइयो । भ्रष्टाचारबाट उनले कमाएको सम्पत्तिको तस्वीर सार्वजनिक गरिएको छ ।
रुसको दक्षिणी भागमा रहेको स्टाभरोपोलमा प्रहरी अधिकृत एलेक्सी सफोनोभ र ६ अन्य व्यक्तिहरूलाई भ्रष्टाचारको केसमा पक्राउ गरिएको छ ।
यिनीहरूले एक आपराधिक समूहलाई परमिट जारी गर्नका लागि घूस खाएको आरोप छ ।
सफोनोभले भ्रष्टाचारको रकमबाट राजदरबार जस्तो घर बनाएका थिए ।
उनी र उनका साथीले एक करोड ९० लाख रुबल घूस खाएको पाइएको छ ।
पक्राउ पर्नेमा पूर्व वरिष्ठ यातायात अधिकारी, यातायात निरीक्षक र चार नागरिक छन् ।
आरोपित अधिकारीहरूको घरमा छापा मार्दा नगद, महंगा कार र दस्तावेजहरू बरामद गरिएको छ ।