२५ जेठ २०८३, सोमबार

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता, के भयो छलफल ?

कात्तिक २०, २०७४
प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता, के भयो छलफल ?


काठमाडौँ, २६ जेठ - प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिमण्डल विस्तार तथा राष्ट्रिय जनता पार्टी (राजपा)लाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउने विषयमा छलफल भएको छ ।
prachanda_deuwa
प्रचण्ड निवास लाजिम्पाटमा आज साँझ उनीहरुबीच भएको भेटवार्तामा मन्त्रिमण्डल विस्तार गर्ने र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा राजपालाई सहभागी गराउन सक्दो पहल गर्ने विषयमा छलफल भएको थियो ।

प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाका अनुसार करिब आधा घन्टा भएको भेटवार्तामा सरकार सञ्चालनका लागि समान नीति बनाउने र शनिबार बिहान ११ः३० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गर्न दुवै नेता सहमत भएका छन् ।

सोही सहमतिअनुसार शनिबार नेपाली काँग्रेस, माओवादी केन्द्र र राजपाका नेताबीच बैठक गरी सहमति खोज्ने प्रयास गरिनेछ । सरकारले निरन्तर राजपालाई निर्वाचनमा आउन आग्रह गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्