०६ साउन २०८३, बुधबार

माधव पक्षले घोषणा गर्‍यो 'पिपुल्स भोलेन्टियर'

माधव पक्षले घोषणा गर्‍यो 'पिपुल्स भोलेन्टियर'

नेपाल एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बिहीवार ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका छन्।

बिहीवार नेपाल पक्षीय  शिव श्रेष्ठको नेतृत्वमा नेतृत्वको ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरिएको युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले जानकारी दिए ।

संगठनको अध्यक्षमा श्रेष्ठ र सचिवमा मनोज खत्री  चयन भएका छन् ।  

पुष्पलाल स्मृति दिवसको अवसरमा भक्तपुरको सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरी नेता नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका हुन् ।

नेकपा एमालेमा विवाद चर्किएका बेला विभिन्न पक्षबाट छुट्टाछुट्टै संगठन र फोर्स सार्वजनिक भइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्