![जसपा विवादमा यस्तो छ निर्वाचन आयोगको निर्णय [निर्णयसहित]](https://lktcdn2.prixacdn.net/media/Upendra_Mahantha_WQW8EEPhdj.png)
जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता सम्बन्धी विवादमा निर्वाचन आयोगले आगामी साउन ११ गते कार्यकारिणी समितिका सदस्यलाई बोलाएको छ ।
दल एकीकरण हुँदाका बखत सनाखत गरेका कार्यकारिणी समितिका सदस्यलाई आफ्नो परिचय खुल्ने कागजातसहित स्वयम् उपस्थित हुन दुबै पक्षलाई आयोगले आदेश दिएको हो ।
यसअघि आयोगमा उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका अधिवक्ताहरूले बहस गरेका थिए । अध्यक्ष यादवले आफ्नो पक्षमा बहुमत रहेको दावी गर्दै आयोगमा आधिकारिकताका लागि निवेदन दिएका थिए । यसमा अर्का अध्यक्ष ठाकुरले पनि आफ्नो पक्षमा बहुमत रहेको दावीसहित आयोगमा जवाफ पेश गरेका थिए ।
दुबै पक्षले आफ्नो पक्षमा बहुमत रहेको दावी गरेपछि आयोगले इजलास गठन गरेर बहस चलाएको थियो ।

