०१ असार २०८३, सोमबार

खोप किन्न एडीबीद्वारा १९ अर्ब ऋण

साउन ८, २०७८
खोप किन्न एडीबीद्वारा १९ अर्ब ऋण

बहुपक्षीय ऋणदाता एशियाली विकास बैंक (एडीबी) ले कोरोना भाइरसविरुद्धको खोप किन्न नेपाललाई (१६५ मिलियन अमेरिकी डलर) करीब रू.१९ अर्ब ६३ करोड ऋण दिने भएको छ ।

सरकारले खोप किन्न एडीबीसँग गरेको ऋणसम्बन्धी प्रस्तावलाई हालैको एडीबी बोर्ड बैंकले अनुमोदन गरेको हो । अर्थ मन्त्रालय वैदेशिक महाशाखामार्पmत त्यससम्बन्धी प्रस्ताव पठाइएको थियो ।

एडीबीले डिसेम्बर २०२० मा ९ अर्ब डलरको एशिया प्यासिफिक खोप पहुँच सुविधा कार्यक्रम सार्वजनिक गरेको थियो । नेपाल सरकारको प्रस्तावमा यही कार्यक्रमअन्तर्गत रहेर एडीबीले नेपाललाई यो ऋण दिन लागिएको हो । एडीबीका अनुसार एशिया प्यासिफिक क्षेत्रका देशमा खोपको पहुँच पुर्‍याउने एडीबीको कार्यक्रम छ । आर्थिक अभियानमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्