×

NMB BANK
NIC ASIA

एमालेमा ‘लडाकु दस्ता’ खोल्ने जुहारी !

साउन ८, २०७८

NTC
फाइल फोटो
Premier Steels

नेकपा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीबाट हटेकै भोलिपल्ट पार्टीको युवा संघले ‘लडाकु दस्ता’ युथ फोर्स ब्युँताएको घोषणा गर्‍यो ।

Muktinath Bank

सर्वोच्चको असार २८ को आदेशबाट ओली प्रधानमन्त्रीबाट हट्न बाध्य भएपछि ५०१ सदस्यीय युथ फोर्स कमान्ड घोषणा गरियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्षितिज थेबेको नेतृत्वमा पुर्नगठनपछि युथ फोर्सले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारदेखि बाल्कोटसम्म ओलीलाई मोटरसाइकल र गाडीको लावालस्करसहित स्कर्टिङ गर्‍यो । त्यसको नेतृत्व युथ फोर्सका पूर्व कमान्डर महेश बस्नेतले गरेका थिए । 


Advertisment
Nabil box
Kumari

पार्टीभित्र तीव्र विवाद चर्किरहेकै बेला वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर विद्यार्थीले पनि असार २९ गते तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरे । ‘ओली समूहलाई काउन्टर दिन अखिल फोर्स गठन गरेका हौं,’ घोषणा सभामा नेपाल पक्षधर अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले भने, ‘अब देशभरका क्याम्पस र जिल्लाहरूमा गठन गरेर अघि बढ्छौं ।’

Vianet communication

ओली पक्षको युथ फोर्सलाई काउन्टर दिनै नेपाल पक्षले बिहीवार अर्को दस्ता ‘पिपुल्स भोलेन्टियर (पीभी)’ पुनर्गठन गरेको छ । १२ वर्षअघि विघटन गरिएको पिपुल्स भोलेन्टियर १ हजार १ सदस्यीय बनाइएको छ । 

ओली पक्षतर्फ पूर्वमाओवादी नेताहरूले समेत लडाकु दस्ताकै रूपमा आइटी आर्मी घोषणा गरिसकेका छन् । त्यसको नेतृत्व चन्द्रभूषण साहले गरेका छन् । 

एकातिर एमालेमा पार्टी एकताको पहल भइरहेको छ भने अर्कातर्फ दुवै पक्षले भटाभट लडाकु दस्ता गठन गरिरहेका छन् । पार्टीमा युवा र विद्यार्थीका वैधानिक र जनवर्गीय संगठन हुँदाहँंदै सैन्य संरचनाका लडाकु दस्ता निर्माण गर्दै जानुले एमालेका नेताहरू (भिडन्त) तर्फ अग्रसर भइरहेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

प्राध्यापक डा. लोकराज बराल यो होडबाजीलाई एकले अर्कालाई शक्ति देखाउन र तर्साउन युवा, विद्यार्थीका दस्ता गठन गर्दै लगेको ठान्छन् । ‘अहिले नै एमाले एकता हुन्छ जस्तो लाग्दैन,’ डा. बराल भन्छन्, ‘ओलीको इगो झर्दैछ भने माधव नेपाल ओलीको नाडी छाम्दैछन् ।’ 

२०६३ मा सशस्त्र विद्रोह त्यागेर माओवादी शान्ति प्रक्रियामा आए लगत्तै पार्टीका युवा, विद्यार्थी समेटेर वाईसीएल गठन गर्‍यो । वाईसीएलले देशव्यापी चन्दा, अपहरण लगायतका आतंक मच्चाएपछि एमालेले काउण्टर दिन बस्नेतको संयोकत्वमा २०६५ सालमा युथ फोर्स गठन गरेको थियो । एमालेको आठौं महाधिवेशनले युथ फोर्स विघटन गरेको थियो । 

तर ओलीको सत्ता बर्हिगमनसँगै पुनः यसलाई ब्युँताइएको छ । ओलीलाई पार्टीभित्र र बाहिरबाट घेराबन्दी गरिएकाले नेतृत्व र जनताको सुरक्षा गर्न भन्दै युथ फोर्स ब्युँताइएको पूर्व कमान्डर बस्नेतले बताएका छन् । ‘एमालेमाथि भइरहेको चौतर्फी घेराबन्दीको प्रतिरोध गर्न युथ फोर्स पुनर्गठन गरिएको हो,’ बस्नेतले घोषणा सभामा भनेका थिए, ‘विपक्षी गठबन्धन र बौद्धिक अराजकवादीका नाममा एमालेमाथि घेराबन्दी गरिएको छ । युथ फोर्सले त्यसको प्रतिरोध गर्छ ।’

पहिलेको विपक्षी (हालको सत्तापक्षीय) गठबन्धनमा नेपाल पक्ष सम्मलित छ । युथ फोर्सले अग्रपंक्तिका नेताहरूको सुरक्षा र पार्टीका कार्यक्रमहरूमा स्वयंसेवाको भूमिका निर्वाह गर्ने बस्नेतको भनाइ छ ।

पार्टी विवाद मिल्नेभन्दा चर्किंदै गएपछि नेता नेपाल पक्षधर युवा, विद्यार्थीले पनि लडाकु दस्ताको घोषणा गर्दै गएका छन् । उनीहरूले विद्यार्थीको अखिल फोर्स र युवाहरूको पिपुल्स भोलिन्टीयर्स गठन गरेका छन् । 

ओली प्रधानमन्त्री भएका बेला सरकारको बचाउ गर्न (साइबर सेना) नामक युवा, विद्यार्थीको अनौपचारिक समूह सक्रिय थियो । युवा, विद्यार्थीको ठूलो पंक्ति आफूसँगै रहेको जवाफ दिन ओलीले सत्ताबाट हटेसँगै लडाकु दस्ता निर्माण गर्दै गएको नेपाल पक्षधर नेताहरूको आरोप छ ।

यता ओलीलाई काउन्टर दिन नेपालकै उपस्थितिमा १२ वर्षअघि विघटन भएको पिपुल्स भोलेण्टियर (पीभी) घोषणा गरिएको छ । ओली पक्षकै शैलीमा बिहीवार मोटरसाइकलको तामझाम र सडक अवरुद्ध गरी पीभी ब्युँताएको घोषणा गरिएको थियो । शिव श्रेष्ठ अध्यक्ष र मनोज खत्री सचिव रहेको पीभीलाई युवा संघ मातहत रहने गरी क्रियाशील बनाइने नेताहरूले बताए ।

अध्यक्ष ओली निकट पूर्वमाओवादी प्रभू साह, टोपबहादुर रायमाझीले पनि लडाकु दस्ता आईटी आर्मी घोषणा गरेका छन् । साउन ५ गते चन्द्रभूषण साहको संयोजकत्वमा १ सय ५१ सदस्यीय आईटी सेनाको केन्द्रीय कमिटी गठनको घोषणा गरिएको थियो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x