×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, यी सांसद बन्दैछन् मन्त्री

साउन ८, २०७८

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दैछन् । 

Muktinath Bank

प्रदेशमा ११ मन्त्रालयमध्ये माओवादी केन्द्रको भागमा परेका ४ मन्त्रालयको टुंगो लागेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादीको भागमा परेको अर्थ मन्त्रालयमा रामजी बराल जीवन, कृषिमा चन्द्रबहादुर बुढा र वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयमा दीपक चर्तीमगर जाने गरी सहमति जुटेको छ ।


Advertisment
Nabil box
Kumari

माओवादीबाट यसअघि मधु अधिकारी गुरुङ स्वाथ्य तथा जनसंख्या मन्त्री बनिसकेकी छन् । जिल्लागत रूपमा बराल कास्की, चन्द्रबहादुर बागलुङ, दीपक स्याङ्जा र मधुमाया लमजुङकी हुन् । 

Vianet communication
Laxmi Bank

सत्तारुढ नेपाली कांग्रेससँग बिहीवार मन्त्रालय भागवण्डामा सहमति जुटेपछि माओवादी केन्द्रले आफ्नो तर्फबाट मन्त्री चयन गरेको छ । 

कांग्रेसले भने आफ्नो भागमा परेका मन्त्रीहरूको नाम टुंगाउन सकेको छैन । त्यसका लागि अन्तिम तयारी हुँदै गरेको जनाइएको छ । ५ मन्त्रालय पाउने कांग्रेसले मन्त्रीको नाम टुंग्याउन बिहीवार समेत बैठक बसेको थियो । 

कांग्रेसबाट मुख्यमन्त्री पोखरेलसहित सरकारका प्रवक्ता समेत रहेका कुमार खड्का शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री छन् । 

जनता समाजवादी पार्टी (जसपा) नेपालले २ मन्त्रालय पाउने छ । जसपाका हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन् । 

स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) युवा तथा खेलकुद मन्त्री छन् । उनी अघिल्लो सरकारसहित तेस्रो पटक युवा तथा खेलकुद मन्त्री बनेका हुन् । 

सबै दलबाट मन्त्रीहरूको टुंगा लागिसकेपछि शुक्रवार दिउँसो शपथ ग्रहण तयारीमा गण्डकी सरकार रहेको प्रवक्ता कुमार खड्काले जानकारी दिए । 

पृथ्वीसुब्बा नेतृत्वको सरकारले यसअघि ७ मन्त्रालय फुटाएर ११ मन्त्रालय बनाएको थियो । गण्डकीमा कूल ६० सांसदको २० प्रतिशत अर्थात् १२ मन्त्रालयसम्म बनाउन सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x