२७ जेठ २०८३, बुधबार

कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा बस्दै, बालुवाटारमा पार्टी बैठक नबस्ने

कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा बस्दै, बालुवाटारमा पार्टी बैठक नबस्ने
फाइल फोटो

नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रवार बिहान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्दैछ ।

सरकारी निवास बालुवाटारमा पार्टी बैठक राख्दा आलोचना भएपछि सभापति देउवाले निजी निवासमा बैठक बोलाएका हुन् ।
 
शुक्रवार बिहान ९ बजे बस्ने बैठकमा पार्टीको महाधिवेशनबारे छलफल हुने जनाइएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा पदाधिकारी तथा पूर्व पदाधिकारीलाई बोलाइएको जानकारी दिए ।

कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ १६–१९ गतेसम्म तय भएको छ । तर क्रियाशील सदस्यता विवाद समाधान नहुँदा महाधिवेशन सर्ने सम्भावना बढ्दै गएको छ ।

यसै साउन १२ गतेदेखि वडा अधिवेशन हुने भनिएपनि अझै क्रियाशील सदस्यताको टुंगो लागेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्