२८ असार २०८३, आइतबार

कन्दहारमा तालिबानविरुद्ध अमेरिकी सेनाले गर्‍यो हवाई आक्रमण

साउन ८, २०७८
कन्दहारमा तालिबानविरुद्ध अमेरिकी सेनाले गर्‍यो हवाई आक्रमण

अफगान सुरक्षाबललाई समर्थन गर्दै अमेरिकी सेनाले तालिबानका विरुद्ध बिहीवार राति दुईवटा हवाई आक्रमण गरेको अमेरिकी रक्षा अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले खबर दिएको छ । 

अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुने क्रममा अफगान नेसनल डिफेन्स यान्ड सेक्युरिटी फोर्सेसको सहयोगका लागि अमेरिकी सेनाले हवाई आक्रमणको अधिकार सुरक्षित राखेको छ । तर हालैका समयमा त्यस्ता आक्रमण घट्दै गएका छन् । 

एक अमेरिकी रक्षा अधिकारीका अनुसार, विगत ३० दिनमा अमेरिकी सेनाले ६ वा सात आक्रमण गरेको छ । आक्रमणका लागि अधिकांश समय ड्रोन प्रयोग गरिएको छ । 

पछिल्ला चारमध्ये तीन आक्रमणले तालिबानको कब्जामा रहेको सैन्य सामग्रीलाई तारो बनाएको एक अधिकारीको भनाइ छ । अफगान सुरक्षाबललाई बुझाएको उपकरण तालिबानले कब्जा गरेको पनि यसमा समावेश छ । 

अमेरिकाको यस आक्रमणले तालिबान देशका विभिन्न भागमा कब्जा गर्न सफला भएको स्पष्ट पारेको छ । उसले अफगान सेनालाई पछि हट्न बाध्य बनाएको छ अनि देशका धेरै भूभाग नियन्त्रणमा लिएको छ । 

अफगानिस्तान हेर्ने यूएस सेन्ट्रल कमान्डले अमेरिकी सैन्यबलको फिर्ती ९५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको बताएका छन् । अगस्ट महिनाको अन्त्यसम्ममा सबै अमेरिकी सैनिक फिर्ता हुने राष्ट्रपति जो बाइडनको भनाइ छ । 

बुधवार अमेरिकाका जोइन्ट चीफ्स अध्यक्ष जनरल मार्क मिल्लेले तालिबान देशका ४१९ जिल्लामध्ये २१३ वटा जतिमा हावी रहेको बताए । तालिबानले ३४ वटा प्रान्तीय राजधानीमध्ये कुनै पनि कब्जामा नलिएको भए पनि आधा जतिलाई घेराउ गरेर एक्ल्याउन खोजेको मिल्लेले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्