२६ जेठ २०८३, मंगलबार

राज कुन्द्रा केसमा पत्नी शिल्पा शेट्टीलाई राहतको सम्भावना

साउन ८, २०७८
राज कुन्द्रा केसमा पत्नी शिल्पा शेट्टीलाई राहतको सम्भावना

पोर्नोग्राफी केसमा राज कुन्द्राकी पत्नी तथा बलिउड अभिनेत्री शिल्पा शेट्टीले राहत पाउने सम्भावना देखिएको छ । 

मुम्बई प्रहरीले शिल्पालाई समन नपठाउने भएको छ । विगत केही दिनदेखि मुम्बई प्रहरीले यस मामिलामा सोधपुछका लागि शिल्पालाई समन पठाउन सक्छ भनी अनुमान गरिएको थियो । शिल्पा आफ्ना पतिको अधिकांश व्यापारमा उनकी साझेदार हुन् । 

शिल्पा भियान इन्डस्ट्रीजकी एक निर्देशक हुन् । 

प्रहरीले अहिले केनरिन प्राइभेट लिमिटेडको जाँचबुझ गरिरहेको छ । केनरिन बेलायतमा रहेको कम्पनी हो र हटशट्स याप उसैले चलाउँछ । यसैमार्फत पोर्न भिडियोहरू प्रसारण गर्ने गरिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्