मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
चीन अहिले रणनीतिक दुविधाको स्थितिमा छ । सी चिनपिङको चिनियाँ कम्युनिस्ट पार्टीले दबाब अनुभव गरिरहेको छ । भूगोलका कारण पार्टीलाई दबाब परेको हो ।
चीनको भूगोलले गर्दा हिन्द–प्रशान्त क्षेत्रमा बेइजिङले आधिपत्य जमाउन नसकेको हो । फर्स्ट आइल्यान्ड चेनका कारण चीन ठिँगुरिएर बस्न बाध्य छ ।
ताइवानबाट जापान र फिलिपिन्स हुँदै दक्षिणमा मलक्का जलसन्धिसम्मको क्षेत्र चीनको आर्थिक र रणनीतिक भविष्यका लागि सधैं तनावको विषय हो किनकि अमेरिका र जापानले ताइवान जलसन्धिको उत्तरबाट उसलाई नाकाबन्दी लगाइदिन सक्छन् । दक्षिणतिर भने अमेरिका, मलेसिया, इन्डोनेसिया, सिंगापुर र भारतले नाकाबन्दी लगाउने जोखिम त्यत्तिकै छ ।
चीनविरोधी अमेरिकी गठबन्धन बलियो हुँदै जाँदा जलसैन्य तथा आर्थिक भूरणनीतिक कैदबाट मुक्त हुने चीनको प्रयासमा फर्स्ट आइल्यान्ड चेन चीन र अमेरिकाबीचको उदीयमान शीतयुद्धको सन्दर्भमा महत्त्वपूर्ण युद्धभूमि हो ।
फर्स्ट आइल्यान्ड चेनको घेराबाट मुक्त नहुन्जेल बेइजिङले पूर्वी एसियाको प्रभुत्व प्राप्त गर्न सक्दैन, हिन्द–प्रशान्तको कुरा परै जाओस् ।
यस्तो अवस्थामा चीनका तीनवटा रणनीतिक विकल्प छन् ः बेल्ट यान्ड रोड इनिसिएटिभ (बीआरआई) स्थलमार्ग, दक्षिणी मार्ग (मलक्का जलसन्धि) र उत्तरी मार्ग (ताइवान जलसन्धि) । सीका यी रणनीतिक विकल्पका बारेमा अध्ययन गर्नु रोचक हुनेछ ।
बीआरआई सीको महत्त्वपूर्ण भूआर्थिक परियोजना हो । आफूसँग भएको विशाल अतिरिक्त पूँजी तथा म्याक्रोइकोनोमिक शक्तिलाई भूआर्थिक उपयोग गर्दै चीनले रेलमार्ग, ऊर्जा पाइपलाइन, राजमार्ग र बन्दरगाहहरूको व्यापक सञ्जाल निर्माण गरेको छ ।
सिल्क रोड ओभरल्यान्ड रुटमा सफलता पाएमा सीले अमेरिका तथा उसका साझेदारसँग युद्ध गरिरहनुपर्दैन किनकि प्रभुत्वशाली युरेसियाली भूमिलाई भूआर्थिक रूपमा जोड्न सकिन्छ । बीआरआईले फर्स्ट आइल्यान्ड चेनलाई असान्दर्भिक बनाइदिन्छ ।
मलक्का जलसन्धि हिन्द महासागर र दक्षिण चीन सागरलाई जोड्ने साँघुरो प्राकृतिक भूबनोट हो । अहिले यो सिंगापुरको अधीनमा छ र सिंगापुर अमेरिकी साझेदार हो । अमेरिकाको प्रभुत्वशाली सेभेन्थ फ्लीटले मलक्का जलसन्धिलाई सजिलै नाकाबन्दी गर्न सक्छ ।
चीनले दक्षिण चीन सागरमा रहेको टापुहरूलाई विगत एक दशकदेखि सैन्यीकरण गरिरहेको भए पनि उक्त जलसन्धि र हिन्द महासागरको भाग अमेरिका तथा भारतको नियन्त्रणमा छ । भारतको निकोबार टापु शृंखला यस भूरणनीतिक अग्रताको महत्त्वपूर्ण अवयव हो ।
थाइल्यान्डमा क्रा नहर बनाएर मलक्का जलसन्धिलाई छल्ने योजना चीनले बनाएको भए पनि थाइल्यान्ड यसमा त्यति इच्छुक देखिँदैन अनि उक्त नहरको प्रवेशमार्गलाई नै चीनविरोधी जलसैन्य बलहरूले थुनिदिन सक्छन् । त्यसैले यसको कुनै अर्थ छैन ।
बाँकी रह्यो ताइवान जलसन्धि अर्थात् उत्तरी मार्ग । ताइवान जलसन्धिको सबभन्दा साँघुरो विन्दु १६० किलोमिटर चौडा छ । यसले चीनलाई ताइवानसँग छुट्ट्याउँछ । अनि मलक्का जलसन्धिको जस्तो लजिस्टिकल समस्या यसमा छैन ।
चीनका लागि रणनीतिक रूपमा सहज हुने गरी ताइवानमा अमेरिकाको सहयोग गर्न अन्य साझेदार दौडिएर आउने सम्भावना न्यून छ । त्यसो त जापानका उपप्रधानमन्त्री तारो आसोले ताइवानमा चीनको आक्रमणलाई अस्तित्वको संकटका रूपमा हेर्ने बताए पनि लडाइँको स्थितिमा जापानले अमेरिकालाई खासै सहयोग गर्ने देखिँदैन ।
त्यसमाथि संसारमै सेमीकन्डक्टर चिप्सको अग्रणी मुलुक ताइवान हात पारेमा बेइजिङले त्यसको विश्व बजारमा कब्जा जमाउन सक्छ ।
त्यसैले फर्स्ट आइल्यान्ड चेनको भूरणनीतिक कैदबाट मुक्त हुन र सेमीकन्डरक्टरको बजारमा कब्जा गर्न पनि चीनलाई ताइवानमाथिको नियन्त्रण आवश्यक देखिन्छ ।
चीन र अमेरिकाबीचको शीतयुद्धमा ताइवान ग्राउन्ड जिरो हो भने हालैका घटनाले यो द्वन्द्व शान्तिपूर्ण तरिकाले समाधान नहुने संकेत दिएका छन् ।
ताइपेइलाई पुनरेकीकरणको पुरस्कारका रूपमा एक मुलुक, दुई प्रणालीको प्रस्ताव गरेको भए पनि हङकङमा चीनले गरेको कठोर दमनबाट उक्त प्रस्ताव गफ मात्र रहेछ भन्ने साबित भइसकेको छ ।
सन् २०२० मा ताइवान राष्ट्रिय सुरक्षा सर्वेक्षणमा जम्मा १ प्रतिशत ताइवानीले चीनसँग तत्कालै पुनरेकीकरण गर्ने पक्षमा मत दिएका थिए । त्यसैले पुनरेकीकरण गर्ने हो भने बन्दूक तेर्स्याएर मात्र सम्भव देखिन्छ ।
तर चीनले त्यही बाटो अपनाउने सम्भावना छ ।
ओआरएफमा प्रकाशित जोन सी हल्सम्यानको विश्लेषण
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...