
प्रतिनिधि सभा सदस्यबाट राजीनामा गरेका एमाले उपाध्यक्ष भीम रावलले राजीनामा फिर्ता लिएका छन् । सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् ।
राजीनामा फिर्ता लिएसँगै उनले आफूले आवेग र उत्तेजनामा आएर राजीनामा नदिएको बताएका छन् ।
‘स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति, राष्ट्रहित र पार्टी एकताको लागि आवेग,उत्तेजनामा नआई प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको थिएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सार्वभौम जनता, मतदाता, राजनीतिक नेता, कार्यकर्ता, जनप्रतिनिधि, बुद्धिजीवी,आफन्त र शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै राजीनामा फिर्ता लिएको छु।’
प्रतिनिधि सभाका सभामुखलाई सम्बोधन गरेर रावलले साउन ३ गते राजीनामा बुझाएका थिए । सभामुखलाई राजीनामा बुझाएर पत्रकारहरूसँग कुरा गर्दै रावलले अनैतिक राजनीतिबाट अलग हुन खोजेको बताएका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक भएको छलफलपछि रावल राजीनामा फिर्ता गर्न राजी भएको एमाले स्रोतले बतायो ।