१९ असार २०८३, शुक्रबार

जोगी हुन राजनीति गरेको हो र ? भन्ने प्रवृत्तिले कम्युनिष्ट आन्दोलन बिग्रियो : चित्रबहादुर केसी

जोगी हुन राजनीति गरेको हो र ? भन्ने प्रवृत्तिले कम्युनिष्ट आन्दोलन बिग्रियो : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेता र कार्यकर्ताका पुँजीवादी सोच हाबी भएकाले नेपालको कम्युनिष्ट आन्दोलन बिग्रिएको बताएका छन् । 

४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केसीले भने, ‘राजनीति गर्ने भनेको जोगी बन्न हो ? भन्ने गरेको पनि सुनिन्छ । राजनीति गर्ने भनेको पहिला आफू बन्नका लागि त्यसपछि आफन्त बनाउनको लागि भन्ने पुँजीवादी सोच स्थापित भयो ।’

कम्युनिष्ट पार्टीहरूले दक्षिणपन्थी अवसरवादको बाटो समातेपछि त्यसको असर नेपालको कम्युनिष्ट आन्दोलनमा परेको केसीको भनाइ छ । 

उनले भने, ‘पुष्पलालको जस्तो निष्ठा अहिलेका राजनीतिक नेतृत्वले अपनाए कि अपनाएनन् मूल्यांकन गरौं । आफूलाई बदल्न नसक्ने नेताले समाजलाई कसरी बदल्न सक्छ ?’ 

नेता र कार्यकर्तालाई बदल्नको लागि कम्युनिष्ट आन्दोलनभित्रै सांस्कृतिक आन्दोलनको जरुरी रहेको केसीले बताए । 

‘पार्टीका नेता कार्यकर्ताको अवस्था केही न केही फेरिएको छ तर, हामीलाई भोट हाल्ने जनताको अवस्था कहिल्यै फेरिन सकेन,’ उनले भने, ‘वामपन्थीको सरकार बन्दा प्रतिपक्ष दलले पाँच वर्ष सरकारको कुर्सीमा पुलुक्क हेर्न पनि सक्दैनौँ भनेर निराश थिए । तर, जनताले दिएको भरोसा पूरा गर्न सकेनौँ । हामी चुक्यौँ ।’ 

‘कम्युनिष्ट सरकार बन्दा पनि दैनिक दुई हजार युवा विदेश जानै पर्ने र गैर कम्युनिष्ट हुँदा पनि त्यही हुने भयो भने कम्युनिष्ट र गैरकम्युनिष्ट कसरी छुट्याउने ?’, केसीले भने । 

salt training

कमेन्ट गर्नुहोस्