×

NMB BANK
NIC ASIA

संसद‍्मा प्रधानमन्त्री देउवा- धारा ७६(५) अनुसार समर्थन गर भन्न नपाइने कहाँ लेखेको छ ?

साउन ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिले आह्वान गरेपछि बहुमत सांसदको हस्ताक्षर लिएर गएको बताएका छन् । 

Muktinath Bank

उनले संविधानको धारा ७६(५) अनुसार आफूलाई समर्थन गर्न आग्रह गरिएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार प्रतिनिधि सभामा सांसदहरूले बधाई दिएपछि धन्यवाद दिने क्रममा देउवाले आफूहरूले सांसदलाई ह्वीप नलगाएको दाबी गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

‘पूर्वसभामुखज्यूले अब कहिल्यै पनि संसद् भंग हुने छैन भन्नु भएको थियो । राष्ट्रपति स्वयंले धारा ७६ (५) अनुसार सांसदले बहुमत पु¥याउन आह्वान गरेको हो । आह्वान गरेअनुसार बहुमत सदस्यको सनाखत लिएर गएको हो,’ देउवाले संसदमा भने, ‘संविधानमा त्यो किन लेखिएको थियो भन्ने कुरा पूर्व सभामुखज्यूलाई थाहा छ । हामीले अनिवार्य भनेको होइन, एमालेकै साथीहरूलाई अनुरोध गरेका हौं, संविधानअनुसार अनुरोध गर्न पाइन्न भन्ने कहाँको नियम हो ?’ 

Vianet communication
Laxmi Bank

त्यसअघि एमालेको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङले देउवालाई बधाई दिने क्रममा आफ्नो दलका सांसदलाई ह्वीप लगाउने तर, अर्को दलका सांसदलाई ह्वीप नलाग्ने कस्तो व्यवस्था हो भनेर प्रश्न गरेका थिए । 

देउवाले गठबन्धनले गरेका वाचा पूरा गरेर छाड्ने बताए । ‘संसद्को कार्यकाल पूरा गरेर देखिने किसिमका केही काम गर्न चाहन्छौं,’ देउवाले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x