२८ जेठ २०८३, बिहीबार

मधेसवादी दल कोही चुनाव जित्ने रणनीतिमा, कोही बिथोल्ने तयारीमा

कात्तिक २०, २०७४
मधेसवादी दल कोही चुनाव जित्ने रणनीतिमा, कोही बिथोल्ने तयारीमा
काठमाडौं, २७ जेठ-मधेसवादी प्रमुख तीन दल अहिले कोही स्थानीय तहको उम्मेदवार छान्दै छन् भने कोही निर्वाचन बिथोल्ने योजना बुनिरहेका छन् । नेपाल लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरम नेपाल दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छान्नमा व्यस्त छ । तर अर्को मधेसवादी दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गाउँ–गाउँ एवं बुथहरूमा निर्वाचन बिथोल्न समिति गठन गर्दै सशक्त आन्दोलनको तयारीमा जुटेको छ, राजधानीमा खबर छ ।Election Comission

१४ असारमा प्रदेश नम्बर १, २, ५ र ७ मा हुने दोस्रो चरणको स्थानीय तहकोे निर्वाचनका लागि फोरम लोकतान्त्रिक र फोरम नेपालका नेताहरू उम्मेदवार छनोट गर्नमा व्यस्त छन् । पहिलो चरणको निर्वाचनमा सहभागी यी दुवै दल दोस्रो चरणको निर्वाचनमा पनि सहभागी हुने र निर्वाचनमा विजयी हुनका लागि गठबन्धन नै निर्माण गरेर निर्वाचन लड्ने तयारी गरिरहेका छन् ।

लोकतान्त्रिक फोरमका महासचिव भारतेन्दुकुमार मल्लिकले उम्मेदवार छान्न जिल्ला जिल्लामा पार्टीले केन्द्रीय प्रतिनिधि तोकेर पठाइसकेको बताए ।
यता राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन, जनसंख्याका आधारमा मधेसमा स्थानीय तहको संख्या निर्धारण, झुठा मुद्दा फिर्ता, शहीद परिवारलाई क्षतिपूर्तिलगायतका माग पूरा नभएकाले आन्दोलनको विकल्प नभएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्