
नेपालमा थप दुई हजार ९७७ कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या सात लाख ३० हजार १४६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ३०८ वटा नमूना परीक्षण गरिएको थियो ।
मन्त्रालयले थप १८ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ९ हजार ६७९ पुगेको जनाएको छ ।
यस्तै हालसम्म ६ लाख ३९ हजार ३६८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा एक हजार ६७८ जना संक्रमणमुक्त भएका हुन् ।