०४ असार २०८३, बिहीबार

जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त ६ वर्षपछि पक्राउ

जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त ६ वर्षपछि पक्राउ

जबर्जस्ती करणीको अभियोगमा सर्वोच्च अदालतले १० वर्ष कैद फैसला गरेको एक युवकलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–१ घर भई फरार रहेका २७ वर्षीय टसी विकलाई रामेछापका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठसहितको कमाण्डमा गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

६ वर्षदेखि फरार रहँदै आएका विक आफ्नो वास्तविक नाम परिवर्तन गरी मन्थलीको एक ग्रिल उद्योगमा काम गर्दै आएको भन्ने सूचनाको आधारमा मन्थली नगरपालिका–६, भलुवाजोरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी नवराज ढुंगानाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्